रामग्राममा वडा नम्बर ४ को वडा कार्यालय स्थापना तथा रामग्राम खानेपानीको उद्घाटन

सुरेश यादव , १०१  पटक हेरिएको

परासी, साउन २

पश्चिम नवलपरासीको रामराम नगरपालिका वडा नम्बर ४ चारको वडा कार्यालय स्थापना दिवस तथा रामग्राम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रक्षा राज्य मन्त्री एवम् संविधानसभा सदस्य रामवचन यादवले संघीय लोकतान्त्रिक गणतन्त्र आए पछि देशमा विकास देखिएता पनि देशको परिस्थिति राजनीतिक दल कारणले गर्दा यो अवस्था भएको बताउनुभयो । स्थानीय तथा प्रदेश सरकार आएको जनताले महसुस गर्न नसकेको उहाँले जोड दिनुभएको छ ।


रामग्राम –४ का वडा अध्यक्ष मदन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक निर्माणकार्यमा आफ्नो घर भत्काएका, शैक्षिक क्षेत्रमा योगदान पु¥याएका, पूर्व वडा अध्यक्ष, निवर्तमान वडा सदस्य, पत्रकार एवं सामाजिक क्षेत्रमा योगदान गरेकाहरूलाई सम्मान गरिएको वडा सदस्य एवं कार्यक्रम संयोजक प्रभुलाल मौर्यले जानकारी दिनुभयो ।

रामग्राम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष रामकुण्डल यादवको आसामयिक निधनप्रति दुःख व्यक्त गर्दै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले खानेपानीको उद्घाटन गर्दै नगर एक घर एक धारा अभियान लिई अगाडि बढेको बताउनुभयो । यस्तै रामग्राम खानेपानीको अध्यक्ष अध्यक्ष पद रिक्त रहेको जानकारी गराइएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदल, नगरप्रमुख यादव, उपप्रमुख सम्झना चौधरी, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, रामग्राम– १५ का वडा अध्यक्ष धनपत यादव, मूलपानी सामुदायिक वन उपभोक्ता समूहका यज्ञप्रसाद पाण्डे लगायतले बोल्नुभएको वडा सचिव विष्णुकुमार आलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : ०९:३२:१२ , १ दिन अगाडि