गोबिन्द राज ओझा , १०९ पटक हेरिएको

डोटी, साउन ५
तिम्रो पहिरनले सुन्दरता देखाएकाे छ
मलाई तिम्रा आखाहरु मन पर्छ
मलाई तिम्रो नाम मन पर्छ
तिम्रो आखामा मेरो जिवनको दर्शन छ
तिम्रो कपाल राम्रो छ
तिम्रो मुस्कानले मलाई बचाएको छ
तिम्रो लागि यो हृदयमा प्रेमको नदि बग्छ
मेरो आत्मा तिम्रो खुसीमा रमाउछ
केवल तिम्रो शुद्ध स्पर्शको पर्खाइमा छु
तिम्रो मायालु उपस्थिति हुन्छ आशा गर्छु
म राजा तिमी रानी प्रेम सधै रहिरहन्छ
सधै भरी तिम्रो सेवा गरि बस्ने मन छ
म तिमिलाई कहिले छोडने छैन
मलाई प्रेम दियौ जुन कसैले दिन सक्दैन
मेरो रोदनमा काध मिलाएर साथ दियौ
म लडदा हात समाउने तिमी थियौ
लेखक : गोबिन्द राज ओझा (राजन )
प्रकाशित मिति: २०२५-०७-२१ , समय : १६:१६:०१ , १ हप्ता अगाडि