रुपन्देही खबर , १८९ पटक हेरिएको

कोटहीमाई,साउन ७
कोटहीमाइ गाउँपालिकामा कुष्ठरोग प्रभाबितलाई एमसिआर जुत्ता बितरण गरिएको छ । इन्दे्रणी ग्रामिण बिकास मंचको पहलमा मंगलबार गाउँपालिका अन्तर्गत रहेका ५ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो । जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख बालकृष्ण त्रिपाठीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले ’रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्नेमा जोड दिनु भएको छ । उहाँले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरीय निशुल्क स्वास्थ्य सेवासँगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पूर्ण रोगको उपचार तथा औषधी वितरण गाउँपालिकास्तरमा हुने गरेको बताउनुभएको छ ।
विरामीलाई हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अजय मिश्रले बताउनुभएको छ । जुत्ता पाएपछि विरामीहरुले आफुहरुलाई आवतजावतमा सहज हुने बताएका थिए । कार्यक्रममा कोटहीमाई गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेचुराम गडेरिया, इन्दे्रणी ग्रामिण बिकास परियोजनाको सुपरभाइजर कबिता पाण्डे, लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०७-२३ , समय : १०:४४:५९ , १ हप्ता अगाडि