रुपन्देही खबर , ९४ पटक हेरिएको

भक्तपुर,साउन १६
बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरणसमेत भइसकेकाले प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो ।
२०८२ साल असार ३० गतेसम्ममा बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएका थिए ।
प्रकाशित मिति: २०२५-०८-०१ , समय : १८:२०:२३ , १५ घन्टा अगाडि