नेपाल जनता पार्टीका केन्द्रीय सदस्य उपेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश

रुपन्देही खबर , २७६  पटक हेरिएको

भैरहवा, साउन १६

नेपाल जनता पार्टीका केन्द्रीय सदस्य उपेन्द्र यादवले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उपेन्द्र यादवले आज भैरहवामा आयोजित एक कार्यक्रमका बिच नेपाली कांग्रेसका शीर्ष नेताहरूको उपस्थितिमा औपचारिक रूपमा कांग्रेसको सदस्यता ग्रहण गर्नु भएको हो । उपेन्द्र यादवलाई निवर्तमान संघीय सांसद डा. प्रमोद कुमार यादवले नेपाली कांग्रेसमा अबिर माला लगाई स्वागत गर्नु भएको छ । उहाले स्वागत गर्दै उपेन्द्र यादवको आगमनले कांग्रेस पार्टीलाई मधेस र समाज रूपान्तरणका मुद्दामा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

उपेन्द्र यादवले नेपाल जनता पार्टीबाट २०७९ सालको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिनु भएको थियो । जसमा उहाँ उपविजेता हुनु भएको थियो। त्यस यता उहाँ पार्टी संगठन र जनसम्पर्क अभियानमा सक्रिय रहँदै आउनु भएको छ ।

पार्टी प्रवेशपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले भन्नु भयो ,“लोकतन्त्र, समावेशिता र सामाजिक न्यायप्रतिको कांग्रेसको दृष्टिकोणले मलाई आकर्षित ग¥यो। अबको यात्रा म नेपाली कांग्रेससँगै अगाडि बढाउनेछु।“

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता बुद्धिराम यादव , महासमिति सदस्य जयचन्द्र यादव, नेपाली कांग्रेस मायादेबी गाउँपालिका सभापति पदम भण्डारी, गोपाल सेवा समितीका राष्टिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादव , नेपाली कांग्रेस मायादेबी गाउँपालिका वडा नम्बर–२ को वार्ड अध्यक्ष अगनु यादव, युवा नेता अकलेश यादव , जय यादव समाजसेवी गुरुबचन यादव लगायत नेपाली कांग्रसका नेताहरू, स्थानीय प्रतिनिधिहरू तथा शुभेच्छुकको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : २०:५९:४२ , १५ घन्टा अगाडि