ओमसतिया–३ सखुहनामा हनुमान मन्दिरको शिलान्यास,हनुमान जयन्तीमै उद्घाटनको तयारी

उर्मिला यादव यात्री , १३२  पटक हेरिएको

भैरहवा, साउन २७

रुपन्देहीको ओमसतिया गाउँपालिका–३ सखुहनामा हनुमान मन्दिरको शिलान्यास गरिएको छ । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको मन्दिरको शिलान्यास सोमबार एक कार्यक्रमका बिच स्थानीय समाजसेवी डिग्री चन्द यादवको अगुवाइमा गरिएको हो ।

शिलन्यास कार्यक्रममा बोल्नु हुदै यादवले मन्दिर निर्माणले गाउँको धार्मिक तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ । उहाले धार्मिक स्थलको संरक्षण र विकासमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै करिब ५ लाखको लागतमा बन्न लागेको हनुमान मन्दिर हनुमान जयन्तीको दिन नै यसको उदघाटन गरिने बताउनु भएको छ ।

मन्दिरको शिलन्यास गर्नु हुदै समाजसेवी ज्ञानेन्द्र थापाले हनुमान मन्दिर निर्माण केवल मूर्तिपूजा वा परम्परागत विधिमात्र नभई नयाँ पुस्तालाई संस्कार, संस्कृति र धर्मप्रति जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रामजानकी मन्दिर परिसरमा हनुमान जीको भव्य मूर्ति स्थापना गरी मन्दिरलाई पर्यटक आकर्षणको केन्द्र बनाउने योजना रहेको समेत जानकारी दिनुभएको छ ।

यस्तै गरी मन्दिरका पुजारी रामअवतार यादव रामदास जी महराजले बोल्दै उहाले ओमसतिया ३ सखुहनामा भएको रामजानकी मन्दिरलाई थप ब्यवस्थित बनाउदै हिन्दु धर्मको आस्थाको केन्द्रको रुपमा बिकास गर्नका लागी हनुमान मन्दिरको शिलन्यास गरिएको बताउनु भएको छ । उहाले यहाको स्थानिय समाजसेवी सबैको सहयोगले मन्दिर निमार्ण हुन लागेको जानकारी दिनु भएको छ ।

त्यसैगरी, समाजसेवी अर्जुन बहादुर बस्नेत क्षेत्रीले मन्दिर निर्माणमा आर्थिक सहयोग मात्र नभई श्रमदानमार्फत पनि सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले गाउँको गौरवका रूपमा विकसित हुने यो मन्दिरले भविष्यमा धार्मिक पर्यटकलाई आकर्षित गर्ने र स्थानीयको पहिचान मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रममा, समाजसेवी, बुद्धिजीवी, स्थानिय अगुवाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर निर्माणको कार्य स्थानीय सहयोग र दानबाट अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति: २०२५-०८-१२ , समय : ११:४०:५५ , १ दिन अगाडि