कोटहीमाई गाउँपालिकाको विभिन्न चोकमा टावर लाइट जडान

रुपन्देही खबर , २०५  पटक हेरिएको

मर्चवार,भदौ ४

कोटहीमाई गाउँपालिकाले गाउँपालिकाभित्रका प्रमुख चोकहरुमा टावर लाइट जडान गरेको छ । गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीको पहलमा मझगावा चोक, मर्यादपुर चोक, तेलियागढ चोक र परसहवा चोकमा टावर लाइट जडान गरिएको हो ।

यस कदमले स्थानीय बासिन्दालाई रातिको समयमा सहज आवागमन गर्न मद्दत पुग्ने तथा सुरक्षाको दृष्टिकोणले समेत लाभदायी हुने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष त्रिपाठीले गाउँपालिकाको विकास र नागरिक सुविधाको लागि विभिन्न योजनाहरु चरणबद्ध रुपमा कार्यान्वयन भइरहेको बताउँदै आगामी दिनमा पनि यस्ता सुविधा विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति: २०२५-०८-२० , समय : १२:२९:२८ , ६ घन्टा अगाडि