भूमि विधेयक विरुद्ध जसपा नेपाल रुपन्देहीद्वारा भैरहवामा विरोध प्रदर्शन

उर्मिला यादव यात्री , १०६  पटक हेरिएको

भैरहवा, भदौ १२

सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयक राष्ट्रहितविपरीत’ भएको भन्दै जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति रुपन्देहीले भूमि विधेयक विरुद्ध आज भैरहवामा बृहत विरोध प्रदर्शन गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ श्री रामजानकी हनुमान मन्दिरबाट सुरु भएको बिरोध प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरुले “भूमि विधेयक खारेज गर”, “किसानको हक अधिकार सुरक्षित गर”, सम्पुर्ण पहिचानबादी एक हौं , जल, जंगल र जमिनको रक्षा गरौं, जनबिरोधी भुमि बिधेयक खारेज गरौ, मधेश बिरोधी भुमि बिधेयक फिर्ता गर, मधेश बिरुद्धको षडयन्त्र बन्द गर, परमादेश धोका हो जस्ता नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्नु हुदै जिल्ला अध्यक्ष सियाराम यादबले भूमि सम्बन्धी विधेयकले मुलुक भू–माफिया र जग्गा दलालको मात्रै हित गर्ने बताउनु भएको छ । उहाले यसबाट वनजंगल विनाश हुने र तराई–मधेस क्षेत्र मरुभूमिकरणको जोखिममा पर्न सक्ने बताउनु भयो । अध्यक्ष यादवले भन्नु भयो “यो विधेयकले किसान, दलित, भूमिहीन र विपन्न समुदायलाई अझै वञ्चित बनाउने खतरा छ । जसपा किसानमाथि अन्याय सहँदैन, त्यसैले यो विधेयक फिर्ता नभएसम्म सडकदेखि सदनसम्म हाम्रो संघर्ष जारी रहनेछ ।”

यस्तै गरी विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य तथा युवा नेता कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । उहाँले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने जिकिर गर्नु भयो । उहाँले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाउदै “सरकारले ल्याएको भूमि विधेयक जनताको हितमा नभइ सत्तासीन दलका निकटस्थ ठेकेदार र जग्गा माफियालाई फाइदा पुग्ने गरी तयार गरिएको बताउनु भएको छ ।

विरोध कार्यक्रममा जसपा लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवले भूमि विधेयक जनविरोधी भएको भन्दै तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले कृषक र सर्वसाधारणको हकहित विपरीत हुनेगरी ल्याइएको विधेयकले ठूलो संकट निम्त्याउने बताउदै उहाले भुमि बिधेयकमा भएको त्रुटिपुर्ण बुदालाई जलाएर बिरोधको बिपुल फुकेको चेतावनी दिनु भयो । उहाले सरकारले यसलाई जबसम्म फिर्ता गर्दैन तब सम्म जसपा नेपाल हरके ठाउ ठाउमा आन्दोलन गर्न तयार रहेको जिकिर गर्नु भयो ।

त्यस्तैगरी जसपा नेपालको भातृसंगठन समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा जसपा नेपाल कोटहीमाइ गाउपालिकाका अध्यक्ष राहुल यादवले सरकारले देशलाई बेच्ने र देशलाई लुटनका लागी षडयन्त्र ल्याएको आरोप लगाउनु भएको छ । उहाले नेपालको चिनारीको रुपमा रहेको बन जंगल मास्दै केही सीमित वर्गलाई लाभ पुग्ने खालको नीति ल्याएको बताउदै भूमि विधेयक खारेज नभए सरकारले ठुलो आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिनु भएको छ ।

बिरोध प्रर्दशनमा पार्टीको केन्द्रीय सदस्य निलम यादव, रीता यादव, पार्टीको लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, कार्यक्रममा जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवट, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष इनामुल्लाह फकिर, समाजवादी युवा संघ, नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव, पार्टीको गैडहवा गाउँपालिका अध्यक्ष शिवकुमार यादव, नेता ब्यासमुनी चौधरी, जसपा सिद्धार्थनगरका अध्यक्ष जावेद आलम लगायतले बोल्दै सरकारले बनजंगल फडानी गरेर मधेशलाई मरुभुमी बनाउने योजना ल्याएको बताउदै यसको बिरुद्धमा जसपा नेपाल एक ढिक्का भएर लाग्ने प्रतिबद्धता गर्नु भएको छ । यो बिधेयक फिर्ता नभए आफुहरु सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । बिरोध प्रदर्शनमा जसपा नेपालका युवा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०८-२८ , समय : २१:०८:४१ , ८ घन्टा अगाडि