रुपन्देही ३ को उपचुनावमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

रुपन्देही खबर , ११८  पटक हेरिएको

भैरहवा,भदौ १६

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाले उम्मेदवारका लागि आवेदन दिएका नौ जनामध्येबाट प्रारम्भिक मतदानमार्फत थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

थापा यसअघि नागरिक उन्मुक्ति पार्टीको सदस्य हुनुहुन्थ्यो । २०७९ सालको चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उहाँ समानुपातिक सूचीमा पर्नुभएको थियो । रूपन्देही–३ मा उपचुनाव हुने भएपछि उहाँ नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातिर लाग्नुभएको हो । रुपन्देही ३ मा आउँदो कात्तिक १७ गते उपचुनाव हुँदैछ ।

प्रकाशित मिति: २०२५-०९-०१ , समय : १२:४५:०५ , १३ घन्टा अगाडि