लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

धनी राम काेरी , ६८१  पटक हेरिएको

बुटवल , भाद्र ३
आज श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा लुम्बिनी शिक्षालय बुटवल ,लायन्स क्लब अफ बुटवल पिस,लायन्स क्लब अफ लुम्बिनी ईन्जिनियर्स ,बुटवलको संयुक्त आयोजनामा Dis 325 p का Dis Advisor कुसुमराज ज्ञवालीज्युको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा जोन चेयर पर्सन (रिजन ८ जोन १७)मनिष खनाल ,ज्योतिनगर क्षेत्र बिकास परिषद ,टोल बिकास संस्था तथा पहिरो नियन्त्रण समितिका अध्यक्षहरुको आतिथ्यतामा बुटवल -०३ स्थित ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

 

साथै कार्यक्रम लाई सफल रुपमा सम्पन पार्न भब्य उपस्थितिका साथ जोडदार सहयोग गर्नुभयका आयोजक संस्थाका अमित खनाल र लुम्बिनी शिक्षालयका प्रधानाध्यापक पुष्कर थापा लगायतका सम्पुर्ण पदाघिकारीले सहयोग गर्नुभएको थियो उक्त कार्यक्रममा बोल्दै अतिथिहरुले बृक्षारोपण कार्यलाई निरन्तरता दिनुपर्ने र यसो गर्न सकेमा मात्रै पर्याबरणको संरक्षण गर्न सकिने कुरालाई जोड दिनु भएको थियोे ।

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १८:१२:५५ , २ वर्ष अगाडि