रुपन्देही खबर , ३४ पटक हेरिएको

काठमाण्डौ,असोज २
एशिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ । दुबईमा हिजो भएको खेलमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य पच्छाएको युएई १७ ओभर ४ बलमा एक सय पाँच रनमा अलआउट भयो ।
पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए । जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ ।
अहिलेसम्मका कुनै पनि खेल जित्न नसकेको ओमान तालिकाको पुछारमा छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।
प्रकाशित मिति: २०२५-०९-१८ , समय : ०८:२२:४९ , २ घन्टा अगाडि