नवलपरासीमा लागुऔषध सहित एक युवक पक्राउ

रुपन्देही खबर , १४५  पटक हेरिएको

नवलपरासी, असोज ६

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ दुर्गाटोलबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षीय सारुक कुरैसी रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) का अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा असोज ५ गते अपराह्न ४ बजे प्रहरी टोली खटिएको थियो। खानतलासीका क्रममा कुरैसीलाई नियन्त्रणमा लिइएको हो।

उनको घर तथा आँगनमा खोजतलासी गर्दा ONEREX (१०० एमएल लेखिएको) १०७ बोतल, NITRAZEPAM Tablet (१० एमजी) ६०३ ट्याब्लेट र PROXYCO SPAS लेखिएको ३,९४२ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीर दत्त पन्तका अनुसार पक्राउ परेका कुरैसीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२५-०९-२२ , समय : ०८:१४:०९ , ६ दिन अगाडि