बङ्गलादेशलाई हराउँदै भारत एशिया कप टी–ट्वान्टी क्रिकेटको फाइनलमा

रुपन्देही खबर , ११२  पटक हेरिएको

तस्वीर : एजेन्सी

काठमाण्डौ,असोज ९

भारतले टी ट्वान्टी एशिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा एक सय २७ रनमा सबै विकेट गुमायो ।

बङ्गलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६९ रन बनाए । प्रभेज हसन इटनले २१ रन बनाउँदा अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका कुलदीप यादवले तीन विकेट लिए भने बरूण चक्रवर्तीले दुई विकेट लिए । त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

सुपर ४ मा यसअघि भारतले पाकिस्तान तथा बङ्गलादेशले श्रीलङ्कालाई हराएको थियो । प्रतियोगितामा आज पाकिस्तान र बङ्गलादेश भिड्दै छन् । यो खेल बेलुकी सवा आठ बजे दुबई रङ्गशालामा हुनेछ । भारतले अन्तिम खेल भोलि श्रीलङ्कासँग खेल्नेछ । श्रीलङ्का भने फाइनल दौडबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति: २०२५-०९-२५ , समय : ०८:४७:२१ , ३ दिन अगाडि