उर्मिला यादव यात्री , ३२० पटक हेरिएको

धकधई, असोज ९
खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग भैरहवाको टोलीले बुधबार रुपन्देहीको धकधई बजारमा मोबाइल भ्यानमार्फत विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको छ । टोलीले खाना, मिठाई, दूध, तरकारी लगायतका खाद्य सामग्री परीक्षण गर्ने भए पनि बुधबार धकधई बजारमा रहेका तीन वटा मिठाई पसलमा अनुगमन गरी मिठाईमा मिसावट भए नभएको परीक्षण समेत गरेको हो । अनुगमनका क्रममा खाद्य सामग्रीको गुणस्तर, स्वास्थ्य सुरक्षा तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग भैरहवा शाखाकी सोनिला गौतमले “दशैं–तिहार जस्ता चाडपर्वमा मिठाई, दुग्धजन्य पदार्थ र अन्य खाद्य सामग्रीको खपत बढ्ने भएकाले विशेष अभियानमार्फत गुणस्तर परीक्षण गरिरहेको बताउनु भएको छ । उहाले उपभोक्ताले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ अनुगमन गरिएको उल्लेख गर्नु भयो ।
त्यसैगरी विभागका टीका निरौलाले धकधईमा तीन वटा मिठाइ पसलमा अनुगमन गरेको बताउदै अनुगमनको क्रममा भेटिएका कमजोरी सुधार गर्न सम्बन्धित व्यापारीलाई निर्देशन दिइएको बताउनु भएको छ । भने मिठाइ जस्ता खाद्य सामाग्रीमा मैदा नभेटिएको समते जानकारी दिनु भयो । यसअघि पनि विभागले चाडपर्वलाई लक्षित गर्दै विभिन्न स्थानमा मोबाइल भ्यानमार्फत खाद्य सामग्री परीक्षण गर्दै आएको छ।
प्रकाशित मिति: २०२५-०९-२५ , समय : १०:२४:५८ , ३ दिन अगाडि