अस्मिता भुसाल , ३३५ पटक हेरिएको
बर्दघाट, भदौ ४
पश्चिम नवलपरासीको सुलभ बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ७ जिमिरेभारले आफ्नो १२ औ स्थापना दिवस विविधि कार्यक्रम गरि शुक्रबार मनाइएको छ । सहकारीले आफ्नो स्थापना दिवसको अवसर पारेर महिलाहरुको पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारीको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा विशेष अतिथिको रुपमा मेरि स्टोप शाखा बर्दघाटका प्रमुख लक्ष्मी लगुन, शिरोमणि अधिकारी लगायतका बक्ताहरुले मन्तब्य राख्दै ग्रामिण तहमा जनचेतनाको कमीका कारण महिलाहरुमा स्त्रीजन्य रोगहरु बढ्दै गएको अवस्थामा यस सहकारीले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमको शिविरको आयोजना गर्नु सर्हानिय कार्य रहेको बताएका थिए ।
मेरि स्टोप बर्दघाटको सहकार्यमा सम्पन्न सो शिविरमा सस्थाका शेयर सदस्य लगायत अन्य गरि १ सय ७३ जना महिलाहरुले सेवा लिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ । सस्थाका कोषाध्यक्ष लक्ष्मी भुसाल खरेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाको सचिव उमा पराजुली अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०८-२० , समय : ०७:४७:३२ , २ वर्ष अगाडि