रुपन्देही खबर , १७९ पटक हेरिएको

काठमाण्डौ,असोज २६
रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एड्भर्टाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डाैमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार उनीहरूले विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको बोलपत्र आह्वान तथा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना लुकाइछिपाइ गरेको पाइएको हो । उनीहरूले आपसी मिलेमतोका साथ ठेक्कासम्बन्धी सूचना सिटी पोस्ट राष्ट्रिय दैनिकजस्तो देखिने सीमित प्रतिमा मात्र छापेर झुट्टा कागजात पेश गरी २ लाख ५७ हजार ९ सय ७० रुपियाँ भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ । सूचनाको अभिलेख प्रेस काउन्सिल नेपालको अभिलेखमा पनि नदेखिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : २२:०३:२४ , २४ घन्टा अगाडि