एमालेको ११औँ महाधिवेशन आउँदो मङ्सिरमा गर्ने निर्णय

रुपन्देही खबर , ८६  पटक हेरिएको

तस्वीर : रासस

काठमाण्डौ,असोज २७

नेकपा एमालेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आउँदो मङ्सिरमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुमा बसेको बैठकले आउँदो मङ्सिर अन्तिम हप्ता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनको मिति र ठाउँ यही असोज २९, ३० र ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने उहाँले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको छ । दलहरुले निर्बाध ढङ्गले गतिविधि गर्ने अवस्था नभएकोले चुनावमा जाने अवस्था नभएको एमालेको ठहर छ ।

एमालेले राष्ट्रियता, लोकतन्त्र र संविधान पक्षधर दलहरुलाई एकताबद्ध रुपमा अघि बढ्न आग्रह पनि गरेको छ । यस्तै एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीमाथि राजीनामाको दबाब बढे पनि उहाँले राजीनामा नदिने अडान लिनुभएको छ ।

प्रकाशित मिति: २०२५-१०-१३ , समय : ०८:३५:१४ , १३ घन्टा अगाडि