सुरेश यादव , १०१ पटक हेरिएको
परासी,कार्तिक १२
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ काे नवनिर्मित भवन एक कार्यक्रमका बिच उद्घाटन भएकाे छ । भवन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले तत्कालीन सरकार भ्रष्टाचारमा भएकाले भदाै २३ र २४ गते युवा पुस्ताकाे आन्दोलन भएकाे बताउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको पहिलै संविधान निर्माण हुँदाखेरि चर्चा भइरहेको थियो तर हुन नसक्ने दाबी गर्नुभयो । यो देशको इतिहास निरिकुंस्ताकाे इतिहासमा रहेकाे जाेडदिनुभयाे ।
सरावल -७ का वडा अध्यक्ष हयात खाँ धुनियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष सुरेश प्रसाद यादव,वडा नं ६ का वडा छाेटेलाल गुप्ता,सरावल गाउँपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा,जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे,सुभान अलि अन्सारी,ओम प्रकाश हरिजन,पत्रकार देशबन्धु यादव,नन्दु यादव लगायतले बाेल्नुभएकाे कार्यक्रम संचालक एवं गाउँपालिका लेखापाल नरेश काेहारले जानकारी दिनुभयो । स्वागत मन्तव्य भुजहवा स्वास्थ्य चाैकीका माेहन प्रसाद चाैधरीले राख्नुभएकाे थियाे ।
वडाकाे भवन सङ्घीय सरकार र गाउँपालिकाको ५०/ ५० प्रतिशतको लागतमा मिति २०८० साल फागुन १४ गते देखि सुरु भई २०८२ जेठ १८ गते कुल रु १ करोड ५२ लाख ६ हजार ७ सय १ लागतमा निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष खाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-१०-३० , समय : ०३:१४:१९ , ६ घन्टा अगाडि