रुपन्देही खबर , ९४ पटक हेरिएको
 
काठमाण्डाै,कार्तिक १४
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । एएफसी एशियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
खड्का राष्ट्रिय टोलीको पूर्वकप्तान तथा फरवार्ड हुन् । अब खड्काले आउँदो कात्तिक २७ गते नेपाल र बङ्गलादेशबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट टोलीको नेतृत्व सम्हाल्नेछन् । फिफा विन्डो अन्तर्गतको यो खेल बङ्गलादेशमा हुनेछ । यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए । रसको प्रशिक्षणमा नेपालले ७ अन्तर्राष्ट्रिय खेलमा १ मा जीत, २ मा बराबरी र ४ मा हार बेहोरेको थियो ।
नेपालले एशियन कप छनोटको आफ्नो पाँचौं खेलमा आउँदो मङ्सिर २ गते मलेशियासँग खेल्नेछ । यसअघिका ४ वटै खेल हारेको नेपाल छनोटबाट बाहिरिइसकेको छ । नेपालले भियतनामसँग २ तथा मलेशिया र लाओससँग १/१ खेलमा हार बेहाेरेकाे थियाे ।
प्रकाशित मिति: २०२५-१०-३१ , समय : १९:००:४० , ८ घन्टा अगाडि
