सिसासको २६२ औँ नियमित मासिक साहित्यिक संगम भैरहवामा सम्पन्न

रुपन्देही खबर , ६५१  पटक हेरिएको

भैरहवा,कार्तिक १७

सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीको २६२ औँ नियमित मासिक साहित्यिक संगम शनिबार भैरहवामा सम्पन्न भएको छ । सिसासको अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा.कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा मासिक साहित्यिक संगम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार वनमाली निराकारको विशिष्ट आथित्यता रहेको थियो भने कार्यक्रममा शहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, संस्थाका पूर्व अध्यक्षहरू सुरज घिमिरे दीपशिखा, छवि ज्ञवाली, छविलाल न्यौपाने, नारायणप्रसाद भण्डारी, कमल पोख्रेल निश्छलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खिमानन्द पोख्रेल, ठाकुरचन्द्र शर्मा, दिवस ढुङ्गाना, उज्ज्वल सिद्धार्थ वर्मा, सीता काफ्ले, लक्ष्मीप्रसाद अधिकारी, सिर्जना खनाल, सावित्री घिमिरे र केशव शर्मा लगायतले रचना वाचन गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष विष्णु गजुरेलको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन संस्थाका सचिव रामराज गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-११-०३ , समय : १३:३०:२१ , ६ महिना अगाडि