प्रथम पिरामिड कम्प्युटर खुल्ला पुरुष कबड्डी प्रतियोगिता सरावल ६ मा सुरु

महेश यादव , ६९३  पटक हेरिएको

परासी , भदौ ५

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलीमा प्रथम पिरामिड कम्प्युटर खुल्ला पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । श्री पिरामिड कम्प्युटर कबड्डी खेलकुद समितिका अध्यक्ष महमुद अंसारीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम बाेल्दै प्रमुख अतिथि चाैधरीले समृद्ध सरावल विकास , बालबालिका र युवाहरुकाे स्वास्थ्य तथा खेलप्रति काे रुचि बढाउनकाे लागि खेल आवश्यक भएको बताउनु भएको छ ।

साथै उहाँले सरावल बाटै उत्कृष्ट कबड्डी खेलाडीहरु उत्पादन गरि राष्ट्रिय स्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले खेलाडिहरुलाई खेलप्रतिकाे रुचि र मानसिक देखि स्वस्थ जीवन यापनका लागि समेत खेलकाे आवश्यकता भएकोले पालिकाबाट खेलका लागि बजेट छुट्टयाई साथ सहयाेग गर्ने बताउनुभएको थियोे ।

 

कार्यक्रममा विशिष्ट अतिथि सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर -६ का वडा अध्यक्ष छाेटेलाल गुप्ता , समाजसेवी कैलाश यादव , गाेपिचन्द हरिजन , सरावल-६ स्वास्थ्य चाैकी सह-ईन्चार्ज सिराजु अंसारी ,पिरामिड कम्प्युटर इन्स्टिच्युटका सञ्चालक पिन्टु गाैड लगायतले अ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम सञ्चालन दलित वर्ग सशक्तीकरण सरावल -६ का अध्यक्ष अशाेक कुमार गाैडले गर्नुभएको थियोे ।

प्रकाशित मिति: २०२२-०८-२१ , समय : २१:३८:३९ , २ वर्ष अगाडि