रुपन्देही खबर , ७१ पटक हेरिएको
काठमाण्डौ,कार्तिक २३
हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ ।
पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्रै बनायो । मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए ।
त्यसअघि यूएईले पाँच विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । नेपाल लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएपछि बाउल लिगमा पुगेको थियो । जसमा हिजो श्रीलङ्कासँग पराजित हुँदा नेपालले भारतलाई ९२ रनले हराएको थियो ।
प्रकाशित मिति: २०२५-११-०९ , समय : ०८:१६:३३ , ११ घन्टा अगाडि