जनमत पार्टी रुपन्देहीद्वारा नवलपरासी–कपिलवस्तुका नवनियुक्त जिल्ला इन्चार्ज सम्मानित

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा,कार्तिक २४

जनमत पार्टी रुपन्देहीले नवलपरासी र कपिलवस्तुका नवनियुक्त जिल्ला इन्चार्जलाई सम्मान गर्दै नेतृत्व हस्तान्तरणको औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देहीका पूर्व जिल्ला इन्चार्ज रामकेश गुप्ताले आफ्नो जिम्मेवारी नवनियुक्त जिल्ला इञ्चार्ज सञ्जय कुमार मिश्रालाई पदभारसहित हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले संगठनलाई सबल र जिम्मेवार बनाउन नेतृत्व परिवर्तनलाई स्वाभाविक प्रक्रिया भन्दै एकताको आवश्यकता भएको बताउनु भएको छ । उहाले भन्नु भयो , “पार्टी संगठनको बलियो संरचना कार्यकर्ताको प्रतिबद्धतामा निर्भर हुन्छ। नयाँ नेतृत्वले मुलुक, मधेश र जनताको पक्षमा जनमत पार्टीको कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास छ।”

सो अवसरमा विशिष्ट अतिथिमा बल गोविन्द चौधरी, प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता, तथा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला र पालिका तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रमा पार्टीलाई सक्रिय बनाउने कार्यमा उल्लेखनीय योगदान पु¥याउँदै आएका नेता तथा कार्यकर्ताहरुलाई कदरपत्र प्रदान गरिएको थियो। कदरपत्रले संगठनभित्र जिम्मेवारी र योगदानप्रतिको सम्मानलाई औपचारिक रूपमा स्थापित गरेको आयोजकले बताएको छ ।

समारोहमा नयाँ नेतृत्वलाई स्वागत गर्दै एकीकृत अभियानमार्फत जनमत पार्टीले आगामी दिनमा संगठन विस्तार, जनसरोकारका मुद्दा र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने साझा धारणा व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: २०२५-११-१० , समय : २०:२४:१८ , २ दिन अगाडि