एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

रुपन्देही खबर , ५१  पटक हेरिएको

काठमाण्डौ,मंसिर ३

एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो ।

दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो । पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो ।

नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन । गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।

प्रकाशित मिति: २०२५-११-१९ , समय : ०८:५४:०६ , २ घन्टा अगाडि