भोलि भैरहवामा नेकपा सिद्धार्थनगर नगर समितिको एकता घोषणा कार्यक्रम

रुपन्देही खबर , १२९  पटक हेरिएको

भैरहवा,मंसिर २६

नेपाली कम्युनिष्ट पार्टी सिद्धार्थनगर नगर समिति ले भैरहवामा एकता घोषणा कार्यक्रम गर्ने भएको छ । भोलि शनिबार भैरहवास्थित लुम्बिनी गेटमा रहेको बोधी कटेजमा हुने बिहान १२ बजे सुरु हुने समितिले जनाएको छ ।

“संसारका मजदूर एक होऔं” भन्ने मूल नाराका साथ सम्पन्न हुने सो कार्यक्रम भोलि भैरहवाको बुद्धचोकमा बिहान ११ बजे जम्मा भइ रयालीका साथ कार्यक्रम आयोजना हुने नगर अध्यक्ष नारायण बहादुर हमालले जानकारी दिनु भएको छ ।

नेपालमा रहेका सम्पुर्ण बामपन्थी दलहरु एक ठाउमा हुनु पर्छ भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको एकता शान्ति संदेशले पार्टीभित्र संगठनात्मक एकता, स्थानीय स्तरमा सुदृढ समन्वय र कार्यकर्ता तथा समर्थकमाझ एकीकृत सन्देश प्रवाह गर्ने बिश्वास लिएको नगर अध्यक्ष हमालले बताउनु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगरका विभिन्न वडाका नेता, अग्रज, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहनेछ सो अवसरमा पार्टीले आगामी राजनीतिक गतिविधि, संगठन विस्तार तथा मजदुर–जनताको हकहितसँग सम्बन्धित योजनाबारे दिशा–निर्देशन पनि प्रस्तुत गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-१२ , समय : १८:५०:५८ , २ घन्टा अगाडि