लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा खां मनोनीत

रुपन्देही खबर , ३५९  पटक हेरिएको

कपिलवस्तु, भाद्र ९

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत हुनु भएको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको हो ।

 

किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा राजनितिक क्षेत्रमा लागेर जनताको सेवा गर्दै आएको ब्यक्तित्वको रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-२५ , समय : २१:०२:१८ , २ वर्ष अगाडि