कविता : मेरि आमा

गोबिन्द राज ओझा (राजन ) , ६७  पटक हेरिएको

डोटी,पुस ३

एउटा जीवन जसमा म समावेश थिए
किनकी मेरो जीवन तिमी मात्र थियौ
तिमी सधै साथ दिन्छौ मेरो मन खुसी बनाउछौ
संघर्ष गरि संतानको खुसी जुटायौ

मिठाे स्नेहको आशु बगाउछौ मेरि आमा
मनै बाट सम्मान छ आमा
हातमा समाई हिड्नलाई बाटो देखाउछिन
सन्तानको गुणगान गाएर दिन बिताउछिन

मेरि आमा साक्षात देबि हुन
मेरि आमा मेरो लागि भगवानको रुप हुन
जहिले पनि सन्तानको भविस्यमा आफ्नो खुसी देख्छिन
वास्तवमा मेरि आमा महान हुन

एक मात्र निश्वार्थ प्रेम आमाले दिन्छिन
मेरि आमा मेरो लागि भगवान हुन
ज्ञान हुन,बिज्ञान हुन,मुटुको धडकन हुन
संघर्ष गरि सन्तानको भविस्य खोज्छिन

लेखक : गोबिन्द राज ओझा (राजन )

प्रकाशित मिति: २०२५-१२-१८ , समय : १०:५७:११ , ४ घन्टा अगाडि