लोसपा नेपालद्वारा रुपन्देहीका तीन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार सिफारिस

रुपन्देही खबर , १५६  पटक हेरिएको

भैरहवा, पुस २१

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले रुपन्देही जिल्लाबाट हुने आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट प्राप्त परिपत्रअनुसार २०८२ फाल्गुन २१ गते हुने भनिएको निर्वाचनका लागि जिल्ला कार्य समिति रुपन्देहीले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको हो।

जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारद्वारा राष्ट्रिय अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको पत्र अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, क्षेत्र नम्बर ४ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट मोहम्मद ईस्लामलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

जिल्ला अध्यक्ष रौनियारले पार्टीको संगठनात्मक निर्णय र केन्द्रको निर्देशनअनुसार उम्मेदवार सिफारिस गरिएको जनाउँदै केन्द्रले आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभएको छ । लोसपाले संघीयता र लोकतान्त्रिक समाजवादको मूल मर्मअनुसार निर्वाचनमा सशक्त रूपमा सहभागी हुने तयारी गरिरहेको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-०५ , समय : ०९:४५:४५ , २२ घन्टा अगाडि