शुद्धाेधन गाउँपालिकामा प्रथम चौमासिक सार्वजनिक सुनवाइ सम्पन्न

रुपन्देही खबर , ८५  पटक हेरिएको

शुद्धाेधन,पुस २३

रुपन्देहीको शुद्धाेदन गाउँपालिकाले सुशासन, पारदर्शिता र बिकासका लागि खाद्य, शिक्षा, स्वास्थ्य, कृषि,खेलकुद,खानेपानी,महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम एक समारोहबीच वडा नम्बर ५ कोटहिमाई दरबहवा मन्दिरको प्राङ्गणमा मंगलबार सम्पन्न गरेको छ।

शुद्धाेदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागी हरूले नदिजन्य उत्खनन, नदिको किनारका तटबन्ध र उद्यम विकासका तालिम,शिक्षा,कृषि,पशु पालन, स्वास्थ्य,छाडा पशुचौपाय व्यवस्थापन,खानेपानी,फोहोर व्यवस्थापन,लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए।

कार्यक्रममा शुद्धाेदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गर्नुभयो।उहाँले जनताको सन्तुष्ट आफ्नो लागि ठुलो उपलब्धि भएको बताउनु भयो । उहाँले जन मत लिएर आएकोले जनबोलीको कदर गर्दै अगाडि बढ्ने उल्लेख गर्दै यसका लागि सबैको साथ र सहयोग अति आवश्यक रहेको र सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका समस्याहरूलाई कार्यपालिकाको बैठकबाट योजना बनाई कार्यान्वयन गर्दै लैजाने अध्यक्ष बस्यालले प्रतिबद्धता जनाउनु भयो।

शुद्धाेदन वडा जनप्रतिनिधि वडा अध्यक्षहरुले आफुले गरेका प्रतिबद्धता अनुसार काम भए नभएको अनुगमन गर्न आग्रह गर्दै वडाका स्थानीय बासिन्दालाई वडा र गाउँपालिकाकाे हकको सुचना लाई मध्यनजर गरि नागरिकको समस्या र गुनासोको वडा कार्यालयले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने र आफुहरुले जनता सामु बाचा गरेका केही कामहरु पुरा भएको र केही कामहरु अझ बाकी रहेको विभिन्न निर्माणकार्य छिटोभन्दा छिटो सम्पन्न गरिने बताउनु भयो।

प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रममा शुद्धाेदन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले ०८२/८३ को गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभयो सार्वजनिक सुनवाइ कार्यक्रममा शुद्धाेदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत,वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,कृषि सेवा शाखा प्रमुख रमेश रेग्मी,शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा,लगायतले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमीजोरीहरू सच्याउने र मुस्कान सहितको सेवा प्रदान गरिने प्रतिवद्धता जनाउनु भएको थियो।

सार्वजनिक सुनवाइ कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष प्रतिनिधि,राजनीति दलका प्रतिनिधी बुद्धिजीवी,पत्रकार,स्थानीयवासी हरुकाे उपस्थिति रहेको थियो।रेडियो शुद्धोधनको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो।कार्यक्रममा शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र कार्यक्रम सहजिकरण पत्रकार रवि रानाले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२६-०१-०७ , समय : १३:३४:४२ , १ दिन अगाडि