रामग्राम खानेपानी बैरिहवाकाे पहिलाे साधारणसभा तथा अधिवेशन सम्पन्न

रुपन्देही खबर , ४९८  पटक हेरिएको

परासी,पुस २९

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ बैरिहवामा रहेकाे रामग्राम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे पहिलाे साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।

खानेपानी समितिका सचिव सन्ताेष यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चाैधरीले नगरपालिका एक घर एक धारा अनुरूप अगाडि बढिरहेको बताउँदै नगरपालिकाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी वितरण गर्ने तर्फ अग्रसर रहेकाे जाेड दिनुभयाे ।

संस्थामा कुल ३५० जना उपभोक्ता रहेकाे सचिव यादवले जानकारी दिनुभयो । कार्यक्रममा रामग्राम-४ का वडा अध्यक्ष मदन यादव रामग्राम-७ का निवर्तमान वडा अध्यक्ष शिव शंकर हरिजन एकल महिला समाज नवलपरासीकि अध्यक्ष विष्णु थापा मगर, सञ्चारकर्मी सुरेश यादव लगायतले बोल्नुभएको रामग्राम-४ का वडा सदस्य प्रभुलाल माैर्यले जानकारी दिनुभयाे ।

यस्तै अधिवेशनबाट अध्यक्षमा सरिता कुर्मी, उपाध्यक्ष शिवशंकर हरिजन,सचिव सन्तोष कुमार यादव, कोषाध्यक्ष सुरेश यादव सदस्यहरूमा नथुनी केवट, विष्णु थापा मगर र कान्ति यादव सर्वसम्मत चयन हुनुभएको छ ।

प्रकाशित मिति: २०२६-०१-१३ , समय : १८:३०:३७ , ३ महिना अगाडि