रुपन्देही खबर , ७४ पटक हेरिएको
काठमाण्डौ,माघ ५
न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो । इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय पारी खेले । मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ८ बलमा १० चौका र ३ छक्का सहित १ सय २४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हर्षित राणाले ४३ बलमा ४ छक्का र ५ चौका सहित ५२ रन जोडे । अन्त्यमा भारत ४६ ओभरमा २ सय ९६ रनमा अलआउट भयो । न्युजिल्यान्डले पहिलो पटक भारतलाई उसकै मैदानमा एकदिवसीय शृंखला जितेको हो ।
प्रकाशित मिति: २०२६-०१-१९ , समय : ०९:१३:३९ , ३ घन्टा अगाडि