जसपा नेपाल नवलपरासीले मनायो बलिदानी दिवस

सुरेश यादव , ६४  पटक हेरिएको

परासी,माघ ५

जनता समाजवादी पार्टी नेपाल पश्चिम नवलपरासीले आज बलिदानी दिवस मनाएको छ । विगतका मधेस आन्दोलनमा भएका सहिदहरुको सम्झनामा हरेक वर्ष बलिदानी दिवस मनाउदै आएको जसपाले जनाएको छ ।

जसपा नेपाल नवलपरासीको अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा पृथ्वीचन्द्र अस्पतालका ३० जना बिरामीहरूलाई फलफुल वितरण गरिएको जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पूर्व रक्षा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामबचन यादवले आउने निर्वाचनमा मधेसी प्रधानमन्त्री बनाउनुपर्ने जोड दिँदै मधेसी प्रधानमन्त्री भए सम्पूर्ण मधेसीहरूको माग सम्बोधन हुने जोड दिनुभयो ।

साथै पालीनन्दन एक महेशपुरमा रहेको सहिद जगदीश पासवानको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन समेत गरिएको केन्द्रीय सदस्य पुरनप्रसाद चौधरीले जानकारी दिनुभयो ।कार्यक्रममा केन्द्रीय सदस्य मुन्नालाल गुप्ता,प्रदेश सदस्य विजयनाथ यादव, पाल्हिनन्दन अध्यक्ष पप्पु यादव,महेन्द्रकुमार यादव, मुन्नलाल गुप्ता, रामग्राम–४ का वडा सदस्य प्रभुलाल मौर्य लगायतले बोल्नुभएको जिल्ला सचिव यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : २०:५५:४३ , २ घन्टा अगाडि