प्रतिनिधि सभा निर्वाचनः काँग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ मा सुशील गुरुङलाई अघि सार्‍यो

रुपन्देही खबर , १०७  पटक हेरिएको

भैरहवा, माघ ५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले सुशील गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी क्षेत्र नम्बर ३ का सभापति तथा युवा नेता गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संगठन सुदृढीकरण, युवाको सक्रिय सहभागिता र क्षेत्रको समग्र विकासका लागि गुरुङ उपयुक्त उम्मेदवार भएको ठहर गर्दै काँग्रेसले उहाँलाई अघि सारेको हो ।

निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार गुरुङले छिट्टै मतदाता भेटघाट तथा चुनावी अभियान सुरु गर्ने तयारी गरिरहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : २१:२४:०६ , २ घन्टा अगाडि