रुपन्देही निर्वाचन: जसपा नेपालले असलम, श्रीनिवास र रमजानलाई उम्मेदवार बनायो

रुपन्देही खबर , ९९  पटक हेरिएको

भैरहवा, माघ ५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका लागि उम्मेदवार टुङ्ग्याएको छ।

पार्टीले रुपन्देही क्षेत्र नम्बर १ बाट असलम खान, क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, र क्षेत्र नम्बर ५ बाट मोहम्मद वहिद फकिर उर्फ रमजान अलीलाई उम्मेदवारको रूपमा चयन गरेको हो। जसपा नेपाल रुपन्देही जिल्ला कार्यसमितिको बैठकले ती नामहरू सर्वसम्मत रूपमा सिफारिस गरेको जिल्ला अध्यक्ष सियाराम यादवले जानकारी दिनुभयो।

उम्मेदवार सिफारिससँगै पार्टीले संगठन सुदृढीकरण, जनसंपर्क र चुनावी तयारीमा गति दिएको छ। यससँगै रुपन्देहीका विभिन्न दलहरूबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा र उम्मेदवार चयन प्रक्रियाले थप गति पाएको छ। जसपा नेपालका नेताहरूले उम्मेदवार चयनले पार्टीको छवि मजबुत बनाउने र निर्वाचनमा सुदृढ सहभागिता सुनिश्चित गर्ने बताएका छन्।

प्रकाशित मिति: २०२६-०१-२० , समय : ००:२३:३५ , २ घन्टा अगाडि