साफ महिला फुटसल च्याम्पियनशिपमा नेपालको दोस्रो जीत

रुपन्देही खबर , ४७  पटक हेरिएको

तस्वीर : साफ

काठमाण्डाै, माघ ७

साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले दोस्रो जीत हासिल गरेको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो ।

यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोल र चौथो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

प्रकाशित मिति: २०२६-०१-२१ , समय : २१:४२:३२ , २ घन्टा अगाडि