नागरिक उन्मुक्ति पार्टी रुपन्देहीको भैरहवामा पार्टी कार्यालय उद्घाटन

रुपन्देही खबर , १३८  पटक हेरिएको

भैरहवा, माघ १४

नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देहीको पार्टी कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ भैरहवामा उद्घाटन गरिएको छ । मंगलबार पार्टीका संरक्षक तथा युवा नेता रेशमलाल चौधरीले एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो । पार्टी कार्यालयको उदघाटन गर्नु हुदै पार्टीका संरक्षक चौधरीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यही माघ १६ गते रुपन्देहीमा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी दिनु भयो । उहाँले आगामी निर्वाचनमा पहिचानको मुद्दालाई स्थापित गर्न नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आग्रह गर्नु भएको छ ।

नेता चौधरीले “एक महिना १० दिन निरन्तर कुद्न सक्ने, जनतामाझ पुग्न सक्ने नेता मात्रै चुनाव जित्न सक्छ,” भन्दै चुनाव जित्न निरन्तर मेहनत आवश्यक रहेको ठोकुवा गर्नु भयो । संसद बुझ्ने सांसद नहुँदा नै देशले अपेक्षित विकासको गति लिन नसकेको उहाँको भनाइ छ । “नागरिकको अधिकार कहाँ छ ?” भन्दै प्रश्न गर्नु भएका चौधरीले नागरिक सर्वोच्चताको सुनिश्चितताका लागि नै नागरिक उन्मुक्ति पार्टी आवश्यक भएको जोड दिनु भयो । उहाँले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।

देश निर्माणका लागि मधेसी, थारु र मुस्लिम समुदाय एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै नेता चौधरीले पहिचान प्राप्त नहुन्जेल आफ्नो मुद्दाबाट पछि नहट्ने स्पष्ट पार्नु भयो । नागरिक उन्मुक्ति पार्टी जेलको गर्भ बाट जन्माएको बताउदै जसबाट १४ जना भन्दा बढी मन्त्रीहरु बनिसकेकोमा गर्भ लागेको बताउनु भयो । आफुले पहिचानको मुद्धालाई जोगाएको बताउदै बिभिन्न संकटहरु पार गर्दै जनताको साथमा अझै पनि उभिएर काम गर्दै आएको उल्लेख गर्नु भयो ।
आज देशले धेरै कुरा गुमाएको बताउदै देश छेदबिछेदको अवस्थामा पुगेको उल्लेख गर्दै पहिचानका मुद्धा बोक्नेहरु एकजुट भएको बताउनु भयो ।

उहाले निर्वाचन आयोगले आफनो मुद्धा खारेज गरे पनि कुनै आश्चर्यको कुरा नभई २०७२ को टिकापुरको घटनामा समेत आफुलाई मुद्धा लगाउने सरकार नै यही भएको आरोप लगाउनु भयो । उहाले २०७४ मा कांग्र्रेस ,एमाले र माओवादीको जमानत जफत गरेर चुनाव जित्दै सरकार बनाउदै गर्दा जेल पुरयाउने सरकार समेत यही भएको ठोकुवा गर्नु भयो । नागरिक उन्मुक्ति पार्टी जेलको गर्भ बाट जन्माएको बताउदै जसबाट १४ जना भन्दा बढी मन्त्रीहरु बनिसकेकोमा गर्भ लागेको बताउनु भयो ।

नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विजय सिंह चौधरीले रुपन्देहीमा पार्टी संगठनलाई अझ सशक्त बनाउँदै निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस्तैगरी कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दा चौधरीले पहिचान, अधिकार र समानताको मुद्दा नागरिक उन्मुक्ति पार्टीको मूल एजेन्डा भएको बताउनु भयो। उहाँले रुपन्देही–३ मा पार्टीप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको साथबाट विजयी हुने विश्वास व्यक्त गर्नु भयो।

यस्तैगरी कार्यक्रममा पार्टी नेता रामु यादवले नागरिक उन्मुक्ति पार्टी पहिचान, अधिकार र न्यायको मुद्दा बोकेको पार्टी भएको उल्लेख गर्दै रुपन्देहीमा पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताउनु भयो। उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर जनतामाझ पुग्नुपर्नेमा जोड दिनु भयो । पार्टी कार्यालय उद्घाटन जिल्ला अध्यक्ष विजय सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२६-०१-२८ , समय : १३:४०:५२ , २ घन्टा अगाडि