रुपन्देही खबर , ७८ पटक हेरिएको
भैरहवा, माघ १९
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सिद्धार्थनगर–१२ भैरहवाले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरिक्षक जनक बहादुर शाहीसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीमा सरुवा भइ आउनु भएको नवनियुक्त प्रहरी प्रमुखलाई आइताबार भैरहहवामा स्वागत गर्दै संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले खुला सिमाका कारणले गर्दा उद्योग ब्यवसाय संचालन गर्न धेरै चुनौतीहरुको सामना गर्न परिरहेको बताउनु भएको छ । उहाले भारतिय बस्तुसंग नेपाली उत्पादन गरेका बस्तुले प्रतिस्पर्धा गर्न चुनौती रहेको जिकिर गर्र्र्र्र्र्र्दै खुला सिमानाले गर्दा चिनी, लगायत दैनिकी अति आवश्यक पर्ने बस्तुहरु चोरी तस्करी हुदै आएकोले यसलाई निगरानी गरी नियन्त्रण गर्न आग्रह गर्नु भएको छ ।

उहाले उद्योगी–व्यवसायीको सुरक्षा, शान्ति–सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणमा प्रहरी प्रशासनसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बजार क्षेत्रमा देखिने चोरी, ठगी, असुरक्षा र अव्यवस्थित गतिविधिले व्यापारमा असर परेको उल्लेख गर्दै यसको समाधानमा प्रहरीको सक्रिय भूमिका अपेक्षित रहेको धारणा राख्नुभएको थियो ।
छलफल कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार राम प्रसाद शर्माले उद्योगी–व्यवसायीले दैनिक रूपमा भोग्दै आएका चोरी–डकैती, जबरजस्ती चन्दा असुली, ठगी तथा सुरक्षासम्बन्धी समस्याले व्यापारिक वातावरण प्रभावित हुँदै गएको बताउनुभयो। यस्ता समस्याको समाधानका लागि प्रहरी र व्यवसायीबीच नियमित संवाद, सूचनाको आदान–प्रदान र तत्काल प्रतिक्रिया प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो।
यस्तै गरीपूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्माले खुला सिमाना, भीडभाडयुक्त बजार क्षेत्र र बढ्दो शहरीकरणका कारण व्यवसायीहरू असुरक्षाको अनुभूति गर्न बाध्य भएको बताउनु भएको छ । उहाँले बजार केन्द्रित प्रहरी गस्ती, सीसीटीभी निगरानी र व्यवसायी–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

यस्तै, पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र श्रेष्ठले शान्ति–सुरक्षा मजबुत नहुँदा लगानी घट्ने र उद्योग–व्यवसाय विस्तारमा नकारात्मक असर पर्ने भन्दै उद्योग र व्यापारमैत्री सुरक्षा नीति आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले साना तथा मध्यम व्यवसायीका समस्या सुन्ने र छिटो समाधान गर्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै गरी निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी–व्यवसायी र प्रहरीबीच आपसी विश्वास र सहकार्य बलियो बनाउनु आवश्यक रहेको उल्लेख गर्दै यस्ता भेटघाट तथा छलफल कार्यक्रमले समस्या समाधानमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्नुभयो । उहाले खुला सिमानाका कारण यहाका युवा युवती लागुऔषध दुब्र्यसनीमा फसेको र पेसेवर रुपमा लागुऔषधको कारोबारमा संलग्न ब्यक्तिको पहिचान गरी कडा कारवाही गर्न आग्र्रह गर्नु भएको छ ।

कार्यक्रममा प्रहरी उपरिक्षक जनक बहादुर शाहीले उद्योगी–व्यवसायीको सुरक्षाप्रति जिल्ला प्रहरी कार्यालय गम्भीर रहेको स्पष्ट पार्दै कडाइका साथ शान्ति–सुरक्षा कायम गरिने बताउनुभयो। उहाँले उद्योगी ब्यवसायीेले उठाएका बिषयमा प्र्रहरीको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाले उद्योगी–व्यवसायीलाई धम्की, असुरक्षा वा अवैध गतिविधिमा संलग्न जो–कोही भए पनि कानुनको दायरामा ल्याइने बताउदै् जिल्ला प्रहरी कार्यालय रुपन्देही शान्ति–सुरक्षामा कुनै सम्झौता नगरी कडाइका साथ अघि बढिरहेको जोड दिनु भयो । फागुन २१ गते हु्ने निवार्चन सुरक्षाका लागी बिगत जस्तै सेना, प्रहरी , सशस्त्र प्रहरी लगायत अन्य सुरक्षा कर्मी सहित नेपाल भरीका सम्पुर्ण कर्मचारी होमिएको बताउनु भयो ।”् उहाले निवार्चन शान्ति पुर्ण तरिकाले हुने भएकोले निर्धक्क भएर चुनावमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्र्रममारुपन्देहीका उद्योगी ब्यवसायीहरुले रुपन्देही जिल्लामा भएका ब्यवसायिक गतिबिधी ,सुरक्षाअवस्था तथा ब्यवसाय संचालनका क्रममा देखिएका बिबिध चुनौतीहरुलाई रुपन्देही प्रहरी उपरीक्षक संग प्रस्तुत गरेका थिए । भने उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रहरी र संघबीच निरन्तर सहकार्य, समन्वय र संवादलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: २०२६-०२-०२ , समय : १२:११:४२ , २ घन्टा अगाडि