४४ सय करारका कर्मचारी माग हुँदा एक लाख १३ हजार आवेदन

रुपन्देही खबर , ६०  पटक हेरिएको

काठमाण्डाै,माघ २२

राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणनाका लागि करारका कर्मचारी माग गरेकोमा उच्च दरखास्त परेको छ। चार हजार चार सय ३९ कर्मचारी माग भएकोमा एक लाख १३ हजार तीन सय ५० जनाको आवेदन परेको हो।

सबैले आवेदन दिन नपाएपछि कार्यालयले २६ माघसम्मका लागि म्याद थप गरेको छ। सर्भरमा ओभर क्राउड भएका कारण सबैले दरखास्त दिन नसकेकाले पाँच दिन म्याद थप गरिएको कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यालयले गत १ माघमा २१ दिनको म्याद दिएर राजपत्र अनंकित प्रथम श्रेणीतर्फ ५२६ तथा राजपत्र अनंकित द्वितीय श्रेणीका लागि तीन हजार ९१३ कर्मचारी माग गरेको थियो। साढे दुई महिनाका लागि खुलाइएको करार सेवाको जागिरमा राजपत्र अनंकित प्रथम श्रेणी पदलाई ३४ हजार सात सय ३० तथा राजपत्र अनंकित द्वितीय श्रेणीका लागि ३२ हजार ९०२ रुपैयाँ मासिक तलब तोकिएको छ। स्थलगत तथ्यांक संकलन र सुपरिवेक्षणका लागि कार्यालयले करारमा कर्मचारी भर्ना गर्न लागेको हो।

प्रकाशित मिति: २०२६-०२-०५ , समय : १५:२०:२९ , २ घन्टा अगाडि