रुपन्देही खबर , ६८ पटक हेरिएको
भैरहवा,माघ २३
चेम्बर अफ कमर्स, रुपन्देही उद्योग–व्यापार सङ्गठनले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताव्यापी कार्यक्रम अन्तर्गत बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
भैरहवाका विभिन्न सार्वजनिक स्थानमा गरिएको सरसफाइ कार्यक्रममा सङ्गठनका पदाधिकारी, सदस्य तथा स्थानीय व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा सङ्गठनका अध्यक्ष सचिन रोक्काले उद्योग–व्यापारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको दायित्व भएको बताउँदै स्वच्छ र सफा वातावरण निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उक्त सप्ताव्यापी कार्यक्रम अन्तर्गत आगामी दिनमा अन्य सामाजिक तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू पनि आयोजना गरिने सङ्गठनले जनाएको छ।
प्रकाशित मिति: २०२६-०२-०५ , समय : १५:३४:४५ , २ घन्टा अगाडि