रुपन्देही खबर , ७८ पटक हेरिएको
भैरहवा,माघ २३
रुपन्देहीको ओमसतिया गाउँपालिका–३ दुमदुमवा निवासी विष्णु अर्याल दुर्घटनामा परि खुट्टामा गम्भीर चोट लागेकोले स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहनुभएको छ।

लामो समयदेखि उपचार जारी रहँदा उहाँको परिवार आर्थिक अभावमा परेको छ। आर्थिक अवस्थाले उपचारलाई निरन्तरता दिन कठिन भइरहेकोले मानविय सेवाभाव भएका सबै संघ–संस्था, समाजसेवी तथा इच्छुक महानुभावहरूलाई यथाशक्य आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ। सहयोग गर्न चाहनेहरूका लागि तल QR कोड उपलब्ध गराइएको छ।

प्रकाशित मिति: २०२६-०२-०५ , समय : १५:५५:१२ , ३ घन्टा अगाडि