रुपन्देही खबर , ५१ पटक हेरिएको
काठमाण्डाै,माघ २३
भक्तपुरकाे सानाेठिमीमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।
दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक हप्तामा सबै मतपत्र छपाइ सम्पन्न गरिसक्ने उहाँको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र विभिन्न ठाउँमा पुर्याइसकेको आयाेगले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०२-०६ , समय : २१:०५:३२ , २ घन्टा अगाडि