करौजिया स्थित मगर भवन समुद्घाटन,मगर एकता आजको आवश्यकता

रुपन्देही खबर , ५८  पटक हेरिएको

करौजिया,माघ २४

रुपन्देहीको तिलोत्तमा-१३ करौजिया स्थित नेपाल मगर संघ वडा समितिको मगर सामूदाय भवन समुद्घाटन भएको छ। संघका अध्यक्ष कृष्ण बहादुर सारु मगरको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भावना उद्घाटन कार्यक्रममा नगर प्रमुख खाणले जातिय पहिचान र संस्कृतिले देशका सबै जात जातिहरुलाई एकजुट बनाउने र त्यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नवनिर्मित एक्तले हाल सहितको कार्यालय भएको भवन उद्घाटन गर्दै उहाँले देशको बिरता देखि स्थानिय तह सम्म मगरहरुले देखाएको इम्मंदारिता र बहादुरिताको तारिफ गर्दै देश बिकासमा समेत मगरहरुको ठुलो योगदा रहेको बताऊनुभयो।

सो कार्यक्रममा अन्तराष्ट्रिय बौद्ध संघका सल्लाहकार झम बहादुर गुरुङले मगर एकता र मगरहरुको पहिचानलाई जोगाइराख्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। देश बिकासमा सधै आलटाल भएको भन्दै उहाँले अबको दिनमा बिकास र समृद्धिको लागि समेत सबै मगर लगायतका जातिहरु मिलेर अघि बढ्नुपर्ने जानकारी दिनुभएको छ।सो अवसरमा बिशिस्ठ अतिथि तिलोत्तमा-१३ का वडा अध्यक्ष नारायण ढकाल, तिलोत्तमा १४ का अध्यक्ष अश्विन पौडेल लगायत मगर सघका नगर तथा वडा समितिका पदाधिकारी र सदस्यहरु एबम स्थानिय मगर समुदायको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा मगर संस्कृति झल्कने नृत्य तथा झाँकी समेत प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : २०:१०:४५ , ३ घन्टा अगाडि