विजय ज्योति सहकारीको चित्रकला प्रतियोगितामा गौतमबुद्धका कुर्मी प्रथम

रुपन्देही खबर , ६४  पटक हेरिएको

चारनम्बर,माघ २४

विजय ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तिलोत्तमा नगरपालिका ८, ४ नं ज्योति आधारभूत विद्यालयमा आज चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। सहकारीको शिक्षा उपसमितिले तिलोत्तमा नगरपालिका ८,९ र ११ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ५-७ कक्षा स्तरिय सहकारी वातावरण र सरसफाइ सम्बन्धी विषयक चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । तिन वडाका ८ स्कुलका १५ जना विद्यार्थी सहभागी रहेको थियो।कार्यक्रममा नेपालका सर्वाधिक बढि पारिश्रमिक लिने चित्रकारहरुको जानकारी दिदै कार्यक्रमले विद्यार्थीको अन्तरनिहित क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने कार्यक्रमका संयोजक चन्द्रमणि अर्यालले बताए ।

प्रतियोगितामा प्रथम हुने गौतम बुद्ध माविका शिवराम कुर्मी, दोस्रो हुने किड्स हेभन बिद्यालयका शिशिर बिक , तृतीय हुने जनभावना माविका विमसार राना र प्रोत्साहन हुने ज्योति आधारभूत विद्यालयका ऋतु सारु ले क्रमश: ४ हजार, ३ हजार , २ हजार र १ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। निर्णायक मण्डलमा रहेका एपाल ब्यबसायी कलाकार संघक केन्द्रिय उपाध्यक्ष एच बि रम्तेलले यस्ता प्रतियोगिताले नव प्रतिभाका प्रतिभा प्रस्फुटन हुने र बिद्यार्थीहरुले सहकारी एबम सरसफाईमा समेत चेतना हुने बताएका थिए। सहकारीका अध्यक्ष रमेशराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कृष्ण तिवारीले गरेका थिए।

प्रकाशित मिति: २०२६-०२-०७ , समय : २०:२२:३२ , ३ घन्टा अगाडि