बुहारीलाई जिउँदै जलाउने प्रयासको आरोपमा सासु पक्राउ

रुपन्देही खबर , ५२  पटक हेरिएको

परासी,माघ २६

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ मा आफ्नै बुहारी शर्मिला हरिजनलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले सासु कमलीदेवी हरिजनलाई पक्राउ गरेको छ। शनिबार मध्यराति सुतिरहेको अवस्थामा डिजेल छर्केर आगो लगाउने प्रयास भएको पीडितले बताएकी छिन् ।

घटनामा विदेशबाट श्रीमतीलाई जानकारी नै नदिई फर्किएका श्रीमान् गजेन्द्र हरिजन र अर्का व्यक्ति विष्णु हरिजनसमेत संलग्न रहेको पीडितको जाहेरीमा उल्लेख छ । विगतदेखि नै घरेलु हिंसामा पर्दै आएकी शर्मिलाको उजुरीपछि प्रहरीले पक्राउ परेकी सासुमाथि अनुसन्धान सुरु गरेको छ भने फरार रहेका श्रीमान् र अन्य आरोपीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०२-०९ , समय : ११:४३:०६ , १७ घन्टा अगाडि