रुपन्देही खबर , ९३ पटक हेरिएको
तस्बिर : एजेन्सी
काठमाण्डौ,माघ २७
आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले क्यानडालाई हराउँदै विजयी शुरुआत गरेको छ । हिजो बेलुकी भएको खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको क्यानडा निर्धारित २० ओभरमा एक सय ५६ रनमा अलआउट भयो । क्यानडाका नवनीत धालिवालले ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
त्यसअघि अहमदावादमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान एडेन माक्र्रमले ५९ रन बनाए । हिजो भएका अन्य खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले र स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो ।
टी–२० विश्वकपमा आज पनि तीन वटा खेल हुँदैछन् । आज पहिलो खेलमा नामिबिया र नेदरल्याड्सले खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । आजको दोश्रो खेलमा न्युजिल्यान्ड र युएई चेन्नईमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल्दैछन् । त्यस्तै बेलुका सवा ७ बजे पाकिस्तान र अमेरिकाले कोलम्बोमा खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गते हुनेछ ।
प्रकाशित मिति: २०२६-०२-१० , समय : ०८:३५:२४ , २० घन्टा अगाडि