आगो लगाई कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार १५ वर्षपछि पक्राउ

रुपन्देही खबर , ४३  पटक हेरिएको

नवलपरासी,माघ २८

आगो लगाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) ले २०६७/०८/०९ गते गरेको फैसलाअनुसार आगो लगाई कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका तर हालसम्म फरार रहेका नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–१ सोमनाथ टोल निवासी ५५ वर्षीय दल बहादुर चौधरी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा २०८२/१०/२७ गते चौधरीलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई २०८२/१०/२८ गते नवलपरासी जिल्ला अदालत, नवलपरासी (पश्चिम) मा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०२-११ , समय : २१:५३:५७ , २ घन्टा अगाडि