रुपन्देही खबर , ४३ पटक हेरिएको
काठमाण्डौ,माघ २९
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । मतदानको महत्त्व, निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय सामग्रीमा समेटिएका छन् ।
आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्नेछन् । भोलिदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।
प्रकाशित मिति: २०२६-०२-१२ , समय : १०:०८:४५ , २ घन्टा अगाडि