नेपाली महिला सोना श्रेष्ठ एडीबी दक्षिण एशिया महानिर्देशक नियुक्त

रुपन्देही खबर , ६०  पटक हेरिएको

काठमाण्डौ,फागुन १

एशियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठ लाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ । नव नियुक्त महानिर्देशक श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ । विकास क्षेत्रमा उहाँसँग २३ वर्षको अनुभव रहेको एडीबीले जनाएको छ ।

यसअघि उहाँले दक्षिण एशिया विभागको उपमहानिर्देशक, स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एशियाको वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक तथा इन्डोनेसियाका लागि उपदेश निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । शैक्षिक योग्यता तर्फ श्रेष्ठले क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गर्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-१३ , समय : ११:२०:२१ , २ घन्टा अगाडि