बालेनका दाजु कौशलेन्द्र शाहद्वारा मर्चवारीमाईमा मन्दिरमा घण्टी अर्पण

रुपन्देही खबर , ८०  पटक हेरिएको

रुपन्देही, फागुन १०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका दाजु कौशलेन्द्र (कौशल) शाहले रुपन्देहीस्थित धार्मिक आस्थाको केन्द्र मर्चवारीमाई मन्दिरमा पुगेर दर्शन तथा पूजा–अर्चना गर्नुभएको छ।

उहाँले मन्दिरमा विधिपूर्वक पूजाआजा गर्दै घण्टी अर्पण गर्नुभएको थियो। साथै, क्षेत्रको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गर्नुभएको जनाइएको छ।

उहाँको आगमनका अवसरमा स्थानीय श्रद्धालु तथा अगुवाहरूको उपस्थिति रहेको थियो। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सबैले सचेत रहनुपर्नेमा जोड दिँदै उहाँले समाजमा आपसी सद्भाव कायम रहोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो ।

मर्चवारीमाई मन्दिर रुपन्देही क्षेत्रको महत्वपूर्ण आस्थाको धरोहरका रूपमा परिचित छ, जहाँ दैनिक रूपमा सयौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्दछन् ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : ०९:३७:३६ , ३ घन्टा अगाडि