कपिलवस्तुमा आयुर्वेदिक विधिबाट ७ सय जना बिरामीको निशुल्क उपचार

अजय बर्मा , ३५१  पटक हेरिएको

कपिलबस्तु , भदौ १६

कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा परम्परागत थाई आयुवेर्दिक बिधिवाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित थाई मन्दिर तिलौराकोटमा सम्पन्न भएको छ ।


आर्थिक अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताइएको छ । ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य हुन नपरोस भन्ने उद्धेश्यले निशुल्क उपचार आयोजना गरिएको थियो ।

 

शिविरमा बालबालिका,किशोर किशोरी देखि जेष्ठ नगरीक सहित ७ सय जनाले सेवा लिएको वाट थाई कपिलवस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनु भएको छ ।

त्यसै गरी रोयल थाई मोनास्ट्री लुम्विनीका प्रमुख भिच्छु सुपोतले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिक लाई निशुल्क स्वास्थ्य सेवा दिने उद्धेश्यले शिविर आयोजना गरिएको बताउनु भयो ।

शिविरमा थाईलेण्डका बिशेषज्ञ डाक्टरहरु द्धारा ढाड, खुट्टा जोर्निका ७ सय बिरामीहरुको चेक जाँच गरिएको छ । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निशुल्क उपचार तथा औषधी समेत बितरण गरिएको स्वर्णभुमी फाउण्डेशनका अध्यक्ष राजन खडगाले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०९-०१ , समय : १९:५२:२४ , २ वर्ष अगाडि